सप्तरीमा चितुवाको आक्रमणबाट महिला गम्भीर घाइते

<span class='c1'>सप्तरीमा चितुवाको आक्रमणबाट</span> <span class='c2'>महिला गम्भीर घाइते</span>

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् ।

स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

घाइते सरदारको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्