झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी

<span class='c1'>झापाको बेलडाँगीस्थित भुटानी</span> <span class='c2'>शरणार्थी शिविरमा आगलागी</span>

७ जेठ, झापा । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार आगलागी भएको छ । आगलागीबाट तीन वटा छाप्रो जलेर नष्ट भएका छन् ।

दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर एवान हट नम्बर ३५ मा बुधबार दिउँसो २ बजेतिर अचानक आगलागी हुँदा उक्त छाप्रोसहित नजिकै रहेको अन्य दुई वटा छाप्रो हट नम्बर ३३ र हट नम्बर १०८ जलेका हुन्।

 

आगोले बाँसको टाटीबेराबाट बनेको छाप्रो तथा त्यसभित्र भएका सामानहरु जल्दा धनबहादुर माझी, सुरज राई र सुकमाया राईको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएका प्रहरी टोली र दमक नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्