काठमाडौंका होटल, बार, रेष्टुरेन्टबाट ३९ बालिकाको उद्धार

<span class='c1'>काठमाडौंका होटल, बार, रेष्टुरेन्टबाट</span> <span class='c2'>३९ बालिकाको उद्धार</span>

काठमाडौंका गोंगवु, ठमेल, कोटेश्वर, वानेश्वर, वालाजुलगायतका क्षेत्रमा सञ्चालित होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बालिकालाई शारीरिक शोषण, मानसिक दुव्र्यवहारलगायत कार्यमा लगाई पारिश्रमिक समेत नदिएको सूचनाको आधारमा छापा हानेको हो ।

परिसरका डिएसपी मोहन थापाका अनुसार ठमेल क्षेत्रबाट ३ जना, कोटेश्वरबाट २, वालाजुबाट ११, गोंगबुबाट १४ र बानेश्वर क्षेत्रबाट ९ जना बालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका ७ जनालाई सिविन नेपालमा र ३२ जनालाई माइती नेपालमा पठाइएको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्