कान्तिपुरको सचेतनामुलक र्याली

<span class='c1'>कान्तिपुरको सचेतनामुलक</span> <span class='c2'>र्याली</span>

विराटनगर १७ जेठ ।
विराटनगर–१० मेनरोडमा रहेको कान्तिपुर मा.वि.ले विहिवार विश्व धुम्रपान रहित दिवसको अवसर पारेर सचेतनामूलक ¥याली आयोजना गरेको छ । कक्षा ५ देखि कक्षा १० सम्मका २५० विद्यार्थीहरु सहभागी भएको उक्त ¥याली कान्पिुर मा.वि. बाट सुरु भई ट्राफिक चौक, जलजला मोड, हस्पिटल चौक हुदै प्रदेशसभा कार्यालय पुगेर समापन भएको थियो ।
कार्यक्रम सुरु हुनु पूर्व विद्यालयका सह–प्राचार्य देविलाल महतोले धुम्रपान र यसको असर साथै न्यूनिकरणका लागि चाल्नु पर्ने कदम बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । महतोले विद्यालयले सामाजिक विकृति विरुद्ध पुनः यस्ता खाललका संचालन गर्ने बताए । र्यालीमा विद्यालयका सञ्चालक डाक्टर तेजनारायण मण्डल, सञ्चालक शंकर काफ्ले, भुवन नेपाल, हिमाल वराल लगायत शिक्षक तथा कर्मचारीको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्