पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु

<span class='c1'>पाल्पामा बस दुर्घटना :</span> <span class='c2'>६  जनाको मृत्यु</span>

पाल्पा, १८ जेठ। पाल्पाको हुमिनमा बस दुर्घटनामा परेको छ । तानसेनबाट रामपुर जाँदै गरेको बस रम्भा गाउँपालिका–४ हुमिनमा बिहान दुर्घटनामा परेको हो ।दुर्घटनामा परि ६  जनाको मृत्यु भएको छ । मृतको संख्या बढ्न सक्ने बताइएको छ । तर घटनाको पूरा विवरण आइसकेको छैन । दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि मिसन अस्पताल तानसेनमा ल्याएको प्रहरी निरीक्षक अमृत भण्डारीले बताए । बस सडकबाट झन्डै १५० मिटर तल खसेको छ । लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले रामपुर भ्रमणका लागि रिजर्भ गरेको बस दुर्घटनमा परेको हो । संस्थाले २७ जनाका लागि रिर्जभ गरेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा पानी परिरहेकाले उद्दारमा समस्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्