मोरङमा जनप्रतिनिधि आएपनि काम प्रभावकारी छैन

मोरङमा जनप्रतिनिधि आएपनि काम प्रभावकारी छैन

विराटनगर, १८ जेठ ।
जन प्रतिनिधि आएपनि अझै गाउँ पालिकाको काम प्रभावकारी नभएको पाईएको छ । गाउँस्तरमा हुने गरेका सेवाप्रदायका कामहरुलाई कसरी छिटो छरितो बनाउने विषयमा सरोकारवाला संघसस्था विच जिल्ला स्तरीय एक दिने परामर्श कार्यक्रममा बोल्दै सहभागीले गाउँपालिका, नगरपालिका तथा महानगरमा पनि कामले भनेको जस्तो गति लिन नसकेको बताए ।
जागरण नेपालको आयोजना तथा गर्भनेन्स फेसिलिटिको सहयोगमा स्थानिय स्तरमा शिक्षा, स्वास्थ्य र शुसासनको क्षेत्रमा हुने गरेका समस्या र तिनका समाधानको विषयमा केन्द्रित रहेर छलफल भएको थियो । यी छलफलमा उठेका बिषयहरु आम नागरिकले प्रभावकारी रुपमा उपभोग गर्न नपाएको बताएका हुन। सुशासनको बिषयहरु कुनै जन प्रतिनिधिको चासोको बिषय नबनेको, स्वास्थ र शिक्षामा प्रभावकारीताको खोजी हुन नसकेको औल्याईएको थियो । शिक्षा क्षेत्रमा केही देखिने गरी कार्यक्रम तथा योजनाहरु निर्माण हुँदै गएको जस्तो देखिएपनि स्वास्थ्य र शुसाशनको क्षेत्रमा छलफल नै नहु्ने गरेको पाईएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलय मोरङका दिव्यराज कट्टेल, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत सरोज गौतम, जिल्ला जनस्वाथ्य कार्यलय मोरङका राम नन्दन यादव, जारण नेपालकी संयोजक प्रतिक्षा बस्नेत, जहदा गाउपालिका की उपाध्यक्ष सालोदेवी साह लगायत आमनागरिकको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्