विश्वकप अघिकाे मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया विजयी

<span class='c1'>विश्वकप अघिकाे मैत्रीपूर्ण</span> <span class='c2'>खेलमा अष्ट्रेलिया विजयी</span>

जेठ १९ । फिफा विश्वकपको अभ्यास खेलमा अष्ट्रेलिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हरायो । बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा ३ गोल गर्‍यो । एन्ड्रयू नाबोटले ५४ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियाले अग्रता दोब्बर बनायो । सुरुदेखि चेक गणतन्त्रलाई दबाबमा राखेको अष्ट्रेलियाका लागि म्याथ्यू लिकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एकपक्षीय खेलमा चेकका ज्याकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका थिए । चेक गणतन्त्र यो विश्वकपमा सभागी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्