काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । यी सबैको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढेको छ ।
अब पेट्रोल लिटरकाे ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुने अायल निगमले जनाएकाे छ ।
भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि यहाँ पनि मूल्य समायोजन गरिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५र१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ ।