यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने

यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने

काठमाडौं। यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ ।

अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ ।

भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने बताइएको छ ।

दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्