राजा वीरेन्द्रको नाम र तस्वीरअंकित गरी बियर उत्पादन गरिरहेको भन्दै आपत्ति

<span class='c1'>राजा वीरेन्द्रको नाम र तस्वीरअंकित गरी</span> <span class='c2'>बियर उत्पादन गरिरहेको भन्दै आपत्ति</span>

कार्यक्रममा राजसंस्थाप्रति आस्था राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

उनीहरुले स्व. वीरेन्द्रले नेपालको हितमा गरेका विभिन्न कार्यहरुको स्मरण गरेका थिए ।

कार्यक्रममा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले स्वीट्जरल्यान्डको एक बियर कम्पनीले राजा वीरेन्द्रको नाम र तस्वीरअंकित गरी बियर उत्पादन गरिरहेको भन्दै आपत्ति जनाए ।

एउटा मित्रराष्ट्रले अर्को मित्रराष्ट्रको राजाको नामलाई कुनै हेक्का नराखी मदिरासँग जोडेर बिक्री–वितरण गर्नु गैरन्यायिक र कूटनीतिविपरीतको कार्य भएको उनको आरोप थियो ।

वि.सं. २०५८ जेठ १९ गते राति नारायणहिटी दरबार हत्याकान्ड मच्चाइएको थियो । जहाँ राजा वीरेन्द्रको वंशनाश गरिएको थियो । त्यहाँ राजपरिवारका १० जनाको हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्