मोरङ, जेष्ठ २० गते।
मोरङको बेलबारी नगरपालिका ८ बुधबारे बस्ने कुमार थापाको घरमा शनिबार साँझ बिद्युत सर्ट भई आगलागी भएको छ।
आगलागीबाट थापाको काठ र टिनले बनेको दुई तले घर, घरभित्र रहेको लत्ताकपडा,भाँडाबर्तन, अन्नपातहरु जल्दा अन्दाजी तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ।
साँझ ५ बजेतिर भएको आगलागी दमकल र स्थानीय प्रहरीको प्रयासपछि साँझ ७ बजे नियन्त्रण गरिएको थियो।