राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना

<span class='c1'>राष्ट्रकवि माधवप्रसाद घिमिरे</span> <span class='c2'>फेरि अस्पताल भर्ना</span>

काठमाडौं, जेठ २० । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।

भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरेलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।

आईसीयुमा उपचाररत घिमिरेमा निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता अस्पताल भर्ना भएका थिए ।

मुटु, मिर्गौला र फोक्सोमा समस्याका साथै आन्तरिक रक्तश्राव भएपछि थप उपचारका लागि उनलाई जेठ ९ मा भारत लगिएको थियो । मेदान्त अस्पतालमा उपचारपछि उनलाई शनिबार नेपाल ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्