पत्रकार दिनेश गिरीमाथि भएको आक्रमणको प्रेस युनियन मोरङद्वारा भत्र्सना

<span class='c1'>पत्रकार दिनेश गिरीमाथि भएको आक्रमणको</span> <span class='c2'>प्रेस युनियन मोरङद्वारा भत्र्सना</span>

विराटनगर, २० जेठ । आफ्ना कोषाध्यक्ष दिनेश गिरीमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन मोरङले घोर भत्र्सना गरेको छ ।
आइतबार विज्ञप्ति निकालेर युनियनले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसित मागसमेत गरेको छ । अध्यक्ष मीनकुमार नवोदितले विज्ञप्ति प्रकाशित गरी आक्रमणमा संलग्न सबैलाई कानुनी कठघरामा नउभ्याए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । साथै विज्ञप्तिमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनसमेत माग गरेको छ । “आक्रमणमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही गर्न जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
गिरीमाथि शनिबार राति घरमै पुगेर आक्रमण भएको थियो । पत्रकार भोजराज बस्नेतका अनुसार जगेन गुरुङ, चित्र थापा र विशाल थापाको समूहले गिरीलाई आक्रमण गरेको थियो । आक्रमणबाट गिरीको टाउकोमा गहिरो चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्