पत्रकार गिरी माथि आक्रमणको महासंघको भत्र्सना

<span class='c1'>पत्रकार गिरी माथि</span> <span class='c2'>आक्रमणको महासंघको भत्र्सना</span>

विराटनगर, २० जेठ । मोरङ वेलवारीका पत्रकार दिनेश गिरी माथि भएको सांघातिक आक्रमणको पत्रकार महासंघले भत्र्सना गरेको छ । घटनाको बारेमा निन्दागर्दै दोषीलाई कार्वाहीगर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले माग गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै क्रसर उद्योगको समाचार लेखेकै भरमा संचारकर्मीमाथी आक्रमण भएकोले घटनामा संलग्नलाई कार्वाहीको माग गरिएको छ । घटनामा संलग्न सवैलाई तत्काल पक्राउगरी कारवाही गर्न विज्ञप्तीमा माग गरिएको छ ।
महासंघका अध्यक्ष वन्धुु पोखरेलद्धारा प्रकाशित विज्ञेप्तिमा संचारकर्मी माथिको हमला प्रेस स्वन्तन्त्रता माथिको ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।
वेतना एफएम तथा निरन्तर खवर डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघका साधारण सदस्यसमेत रहेका गिरीलाई गएराती वेलवारी–१ स्थित घरमा भएको अबस्थामा ५७ जनाको समुहमा आएका आएका ब्यक्तिहरुले फलामको रड, छुरा तथा ढुंगा प्रहार गरी टाउको फुटाएका थिए । पत्रकार गिरी विराटनगर स्थित नोवेल अस्पतालमा उपचारपछी घर फर्किएका छन् ।
यसैविच पत्रकार गिरीमाथि अक्रमणगर्ने दुइजनालाई वेलवारी प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा वेलवारी–१ का विशाल थापा र वेलवारी – ३ का चित्र खड्का रहेका छन् । अन्य चार जनाभने फरार रहेको र उनिहरुको खोजी भईरहेको प्रहरीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्