अब महिलाहरुले सुत्केरी बिदा ९८ दिन पाउने, पुरुषलाई १५ दिन

<span class='c1'>अब महिलाहरुले सुत्केरी बिदा ९८</span> <span class='c2'>दिन पाउने, पुरुषलाई १५ दिन</span>

काठमाडौं जेठ २१ । अब महिलाहरुले सुत्केरी बिदा ९८ दिन पाउने छन् । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका हुन् ।

पुरुषहरुले सुत्केरीको स्याहार  सुसारका लागि १५ दिन बिदा पाउने छन् ।  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा र सुत्केरी स्याहारका लागि पुरूषलाई १५ दिन  तलबसहितको बिदा  प्रस्ताव गरिएको छ ।

भदौ मसान्तसम्म पारित गराउने गरी तयारी पारिएको विधेयकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा र पुरुषलाई सुत्केरी स्याहारको १५ दिन तलबसहितको विदा प्रस्ताव गरिएको छ। ‘कुनै गर्भवतीलाई उक्त बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ,’ विधेयकमा छ।

आफ्नो कार्यालयमा कार्यरत महिलालाई बच्चा जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन सम्बन्धित संस्थाले व्यवस्था मिलाउनुपर्ने छ। विधेयकमा महिलालाई चिकित्सकको रायबमोजिम प्रजनन स्वास्थ्य रुग्णता ९मर्बिडिटी० को कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भए त्यस्तो शल्यक्रिया अघि वा पछि कम्तीमा ३० दिनसम्म तलबसहित अतिरिक्त बिदा दिन प्रस्ताव गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्