उदयपुर, जेठ २१ । विषालु सर्पको टोकाइबाट एकै घरका हजुरआमा र नातिको मृत्यु भएको छ ।
कटारी नगरपालिका–४ सिम्लेमा विषालु सर्पको टोकाईबाट आइतबार विहान एकै घरका ११ वर्षीय नाति सगुन बस्नेत र हजुरआमा ५० वर्षीया टिकामाया बस्नेतको मृत्यु भएको हो ।
हजुरआमाको घरमै मृत्यु भएको र नातिको सैनिक क्याम्प कटारीमा ताराघारीमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु क्याम्पका मेजर साकारसिंह बस्नेतले जनाकारी दिए ।
कटारी क्षेत्रमा सर्प, विच्छीको टोकाईबाट पीडित बन्नेहरुको संख्या बढ्दै गएको छ । गएको वैशाखदेखि हालसम्म १९ जना सर्प विच्छीबाट पिडित बनेका छन ।