बिराटनगर जेठ २१ , नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा देशभर बढ्ने भएको छ । निगमले हवाई इन्धनमा प्रति लिटर ५ रुपैया बढाएर १ सय रुपैया लिटर बनाएको छ ।
त्यसैकारण , वायुसेवा कम्पनिहरुको छाता संगठन वायुसेवा संचालक संघले भाडा बढाउने निर्णय गरेको हो । जसअनुसार बिराटनगर देखि काठमाडौं सम्मको भाडा १२० रुपैयाले बढेको छ । बिराटनगर देखि काठमाडौंको जेठ २२ गते देखि लागुहुने पूर्ण भाडा अब ७ हजार ५ सय ७० रुपैया पुगेको छ ।