ताप्लेजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

<span class='c1'>ताप्लेजुङ कारागारमा क्षमताभन्दा तीन</span> <span class='c2'>गुना बढी कैदीबन्दी</span>

ताप्लेजुङ । क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताउनुभयो । कारागारमा छ वटा मात्रै आवास कोठा रहेका छन् । साँघुरो ठाउँमा असहजरुपमा सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको भनाइ छ ।

यस्तै तीन वटा मात्र चर्पी रहेका छन् भने बाथरुम छैन । कैदीबन्दीको चाप बढेअनुसार खेल मैदान विस्तार नहुँदा खेलकुदमा पनि समस्या भएको छ भने पर्याप्त ठाउँ अभावले कैदीबन्दीलाई उद्योग चलाउनसमेत कठिन रहेको छ ।

यता छुट्टै उपचार कक्ष नहुँदा बिरामी परेका बेला बाहिरै बसेर स्वास्थ्य चेकजाँच गराउनु पर्नेसमेत बाध्यता रहेको छ । कैदीबन्दीको चाप बढ्दै गए पनि सेवा सुविधासहित क्षमता विस्तार नहुँदा लामो समयदेखि समस्या यथावत छ । कारागारको भवनसमेत जीर्ण बन्दै गएकाले कारागार सुरक्षामा चुनौती थपिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्