सिटिईभिटीको अब सातै प्रदेशमा कार्यालय स्थापना हुने

<span class='c1'>सिटिईभिटीको अब सातै प्रदेशमा</span> <span class='c2'>कार्यालय स्थापना हुने</span>

काठमाडौं । संघीयताअनुरुप अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)को सातै प्रदेशमा कार्यालय स्थापना हुने भएको छ ।
शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार अब सात वटै प्रदेशमा सिटिईभिटिको प्रदेश कार्यालय स्थापना गर्ने निर्णय भएको हो । प्रदेश कार्यालय स्थापनाको निम्ती सम्भाव्यता अध्ययन, नीतिगत र कानुनी व्यवस्थाबारे छलफल सुरु गर्न निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ । संघीयताअनुरुप अन्य निकायको ढाँचा तयार भएपनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) को सघिंय स्वरुप तयार भएको थिएन ।
अहिले सिटिईभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहको छ भने चितवनको भरतपुर, ईटहरी र कोहलपुरमा क्षेत्र कार्यालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्