रंगेलीमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

<span class='c1'>रंगेलीमा ट्याक्टरको ठक्करबाट</span> <span class='c2'>महिलाको मृत्यु</span>

विराटनगर, २१ जेठ ।
मोरङको रंगेलीमा सोमबार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा पछाडी सवार एक महिलाको ज्यान गएको छ । को २ त ५०६७ नम्बरको ट्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल पछाडी सवार कटहरीकी ४० वर्षीय लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
साँझ ६ बजेतिर स्थानीय चिसाङ खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्याक्टरले रंगेली नगरपालिका ८ नहर टोलस्थित रंगेली–दोहमना सडक खण्डमा उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट मोटरसाइकलका चालक रंगेली ८ नहरटोलका पुरुषोत्तम रिजाल सामान्य घाइते भएका छन। घाइतेको रंगेली अस्पतालमा उपचार भईरहेको छ। ठक्कर दिने ट्याक्टरका चालक र सह–चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्