दलित भएकैले डेरा नपाएको सांसदको गुनासो

<span class='c1'>दलित भएकैले डेरा</span> <span class='c2'>नपाएको सांसदको गुनासो</span>

काठमाडौं, २२ जेठ । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि डेरा पाउन नसकेको बताइन् ।

‘सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रिय राजधानीमै दलितमाथि यति ठुलो छुवाछुत र भेदभाव रहेछ,’ उनले भनिन्हा, ‘मैले डेरा खोजेको एक महिना पुरा भयो दिलत भएकै कारण पाउन सकेका छैनौँ । आजको कान्तिपुरमा  खबर छापिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्