विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

<span class='c1'>विश्व वातावरण दिवस आज विभिन्न</span> <span class='c2'>चेतनामूलक कार्यक्रम गरी मनाइँदै</span>

काठमाडौं, जेठ २२ । विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ ।

वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औंल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताएका छन् ।

उनले सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्