विराटनगर, २२ जेठ ।
विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गरेका छन् । मुख्यमन्त्री कार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका थिए । एक नागरिक एक फलफूलको विरुवा भन्ने नाराका साथ दिवसको अवसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका हुन् । कार्यक्रममा प्रदेश सभा सदस्य उषाकला राई, प्रमुख सचिव सुरेश प्रधान लगायतको उपस्थिति थियो ।