विराटनगर, २२ जेठ ।
नेपाली कांग्रेस मोरङले नया रणनिति तथा नया कार्यक्रमका साथ स्थानिय स्तरमा अगुवा कार्यकता परिचालनगर्ने भएको छ । पार्टिलाई संगठित वनाउने उदेश्यले कांग्रेसले गाउँ, नगर तथा वर्डामा प्रशिक्षित कार्यकर्ता परिचालन गर्न लागेको हो । पार्टिले भोगेको पराजयलाई चिर्न नया निति र नया सिदान्तका साथ अगुुवा कार्यकर्तालाई परिचालनगर्न लागेको हो ।
मोरङ कांग्रेसले त्यसका लागि कांग्रेसका नया निति कस्तो हुने र कार्यकर्तालाई कसरी संगठित वनाउन सकिन्छ भन्ने विषयमा अगुवा कार्यकर्तालाई तालिम समेत दिन शुरु गरेको छ । कार्यकर्तालाई प्रशिक्षण दिन कांग्रेसले ८० जना अगुुवा कार्यकतालाई तालिम दिइरहेको छ।
कांग्रेसका आगामी रणनिति र पार्टीलाई थप संगठित वनाउने विषयमा कांग्रेसका केन्द्रीय नेताहरुले उनीहरुलाई तालिम दिन शुरु गरेको कांग्रेस मोरङ जिल्ला सभापती डिकवहादुर लिम्वुले वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य, डा. मिनेन्द्र रिजाल, डा डिला संग्रौला, गुुरुराज घिमिरे, केशव निरौलाले प्रशिक्षण दिँदै छन् ।
अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण तालिम मंगलवार देखी विराटनगरमा शुरु भएको हो । दुईदिने तालिममा सिप विकास तर्फ विकल्प शेरचन र उषा मल्ल सिंहले प्रशिक्षण दिएका छन् । तालिममा महिलासंघ, नेविसंघ, तरुणदल तथा सवैक्षेत्रका विभिन्न संघसंगठन प्रमुखहरुको सहभागिता रहेको छ । पार्टिलाई नयाँसोच र नयाँ रणनितिका साथ नेता तथा कार्यकर्ता परिचालन गर्न तालिमको आयोजना गरिएको प्रशिक्षण विभाग प्रमुख फुलकुमार लालवानीले वताए ।
कांग्रेसले भोग्नु परेको पराजयको समिक्षागर्न कांग्रेस अव जनताको घरघरमा जाने उदेश्यले तालिमको आयोजना गरेको सभापती डिकवहादुर लिम्वुको भनाई छ । लिम्बुले छ वटै निर्वाचन क्षेत्रमा गएर प्रशिक्षित अगुवा कार्यकर्ताले अन्य कार्यकतालाई प्रशिक्षण दिने जानकारी दिए ।