चट्याङ लागेर २ जनाको मृत्यु, ४ जना घाइते

<span class='c1'>चट्याङ लागेर २ जनाको</span> <span class='c2'>मृत्यु, ४ जना घाइते</span>

मकवानपुर, २३ जेठ ।  बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ज्यान जानेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ठले बताउनुभयो ।

चट्याङ लागेर २२ वर्षीया विमला थिङ, २ वर्षीया निष्मा भोलन, ५ वर्षीयय निमेष भोलन र ६ वर्षीया रन्जु थिङ घाइते भएका छन् । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्