उदयपुरमा जुवा खेल्दै गरेका १० जना पक्राउ परे

उदयपुरमा जुवा खेल्दै गरेका १० जना पक्राउ परे

उदयपुर, जेष्ठ २३ गते।

उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगढा चौकस्थित एक घरबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

विशेष सुचनाका आधारमा स्थानीय अमृत खत्रीको घरमा तास खेल्दै गरेका १० जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो।

प्रहरीले जुवाको खालबाट प्रहरीले तास र नगद तीस हजार नौ सय पैसठ्ठी रुपैया समेत बरामद गरेको छ। यसैगरी प्रहरीले सार्वजनिक स्थानमा हो-हल्ला गर्ने तीन युवकलाइ समेत नियन्त्रणमा लिएको छ।

त्रियुगा नगरपालिका ३ स्थित पुल हाउसमा लागुऔषध सेवन गरी हो-हल्ला गरेको भन्ने सुचनाका आधारतमा सोही ठाउँका युक्सन ठकुरी,अनिल ठकुरी र सागर कार्की नियन्त्रणमा लिई अनुसन्धानका लागी राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्