पेट्रोलियम पदार्थको मूल्य अरु बढ्न सक्ने

पेट्रोलियम पदार्थको मूल्य अरु बढ्न सक्ने

लक्ष्मण दर्नाल

काठमाडौँ, जेठ २३ गते । नौ महिनादेखि निरन्तर आकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल ७४ बाट ९५ पुगेको छ । मूल्य घट्नुभन्दा पनि बढ्ने सम्भावना रहेको नेपाल आयल निगमको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु तथा अमेरिकी डलरको सटही दर वृद्धि हुनु पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने प्रमुख कारण हुन् । हाल अन्तर्राष्ट्रिय बजारमा भने कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल पेट्रोलियम मूल्य ८० डलरबाट घटेर ७५.२९ डलरमा झरेको छ तर दुई÷चार दिन घट्नुले नेपाललाई खासै असर नगर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले दाबी गर्नुभयो ।
नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको इन्डियन आयल कर्पोरेसनले हरेक १५÷१५ दिनमा मूल्य समायोजना गर्दछ । १५ दिनमा अन्तर्राष्ट्रिय बजारको घटबढ हेरेर औसतमा नेपालका लागि मूल्य समायोजन हुने गरेको छ । त्यसले गर्दा केही दिनको मूल्य घट्नु नेपाली पेट्रोलियम बजारमा खासै असर गर्दैन ।

प्रवक्ता गोइतले भन्नुभयो, कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको छ यही मूल्य स्थिर रह्यो भने १५ दिनपछि प्रभाव देखिन्छ, घट्न सक्छ । उहाँका अनुसार नेपालले कच्चा तेल खरिद नगरी रिफाइन्ड तेल खरिद गर्दछ । जुन कच्चा तेलको मूल्य घट्नुले ठूलो प्रभाव नगर्न सक्छ । एक हप्ता घट्यो एक हप्ता बढ्यो भने त्यसको असर देखिँदैन १५ दिनको औसतमा उही हुन आउँछ ।
पेट्रालियम पदार्थको मूल्य निरन्तर वृद्धि हुँदा उपभोक्ता मर्कामा परेका छन् तर नेपाल आयल निगमले पनि घाटा बेहोरिरहेको छ । निरन्तर पेट्रोलिय पदार्थको मूल्यवृद्धि भइरहँदा पनि निगमले हरेक १५ दिनमा १८ करोड घाटा बेहोरिरहेको छ । घाटा पूर्ति कि मूल्य घट्यो भने हुनसक्छ । त्यो नहुँदा मूल्य अझ बढाउनुको विकल्प नहुने निगमले जनाएको छ तर मूल्य घट्ने र वृद्धि हुने क्रम चलिरहने गोइतले बताउनुभयो ।
कुनै बेला लामो समय मूल्य स्थिर रहे पनि २०५४ सालयताको तथ्याङ्क हेर्दा निरन्तर बढी रहेको छ । हालको मूल्यवृद्धि विगतलाई हेर्दा उच्च वृद्धि मान्न सकिन्न । २०७० चैत ३० गते मूल्य समायोजन हुँदा पेट्रोल प्रतिलिटर १४० रुपियाँ पुगेको थियो भने डिजेलको मूल्य १०९ रुपियाँ थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो । त्यतिबेला ११३ बाट एकैचोटि १० रुपियाँ वृद्धि गरी १४० पु¥याइएको थियो । २०५४ जेठ अन्तिममा पेट्रोलको मूल्य ३९ रुपियाँ थियो । भारतीय आयल कर्पोेरेसनसँग हरेक ५÷५ वर्षमा नेपाल आयल निगमले सम्झौता गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्