काठमाडौँ जेठ २४ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बुधबारबाट विधिवत् रूपमा नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)मा रूपान्तरण भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले विधिवत् रूपमा नेकपा दर्ता गर्ने निर्णय गरेको हो ।
यसअघि नवगठित नेपाल कम्युनिस्ट पार्टीले नामको तल धर्को कोरेर दर्ताको लागि निवेदन दिएको भए पनि नेकपा ऋषि कट्टेलको नाममा दर्ता रहेकाले आयोगले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।