यसै साता भित्रिने अनुमान गरिएको मनसुनमा लगभग १५ सय मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका सबै भू–भागमा सरदर वर्षा हुने अनुमान पनि विभागले गरेको छ ।
गत वर्षको मनसुनमा १३ सय ९१ मिलिमिटर वर्षा भएको थियोे भने यो वर्ष त्योभन्दा बढी वर्षा हुने अनुमान गरिएको हो ।
यस वर्ष प्रिमनसुनमा पनि गत वर्षको तुलनामा बढी वर्षा भएको छ । गएको वर्ष प्रिमनसुनमा २८२ मिलिमिटर वर्षा भएकोमा यस वर्ष २७९ मिलिमिटर वर्षा भइसकेको विभागले जनाएको छ ।
पछिल्ला वर्षहरुमा मनसुनको स्वभावमा परिवर्तन आएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।
वर्षा बढेसँगै यसले निम्त्याउने विपत्ति पनि तुलनात्मकरुपमा बढी नै हुने गर्दछ ।
मनसुन पूर्वबाट भित्रिएर पश्चिमतर्फ जाने हुँदा पूर्वी तराईका क्षेत्रहरुमा बाढी, डुबानजस्ता जोखिम बढी रहन्छ ।
बाढीबाट प्रभावित हुनसक्ने जोखिममा रहेका मानिसका लागि २÷३ दिनअघि नै सूचित गराउने व्यवस्था मिलाइएको जानकारी बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिस्ट इन्जिनियर विनोद पराजुलीले दिए ।
यस वर्ष मनसुनको अवधि लामो हुने अनुमान पनि मौसमविद्हरुले गरेका छन् । यद्यपि, वर्षा भने औसत नै रहने जनाइएको छ ।