काठमाडौं, २४ जेठ । राजपा नेपालले प्रदेश नम्बर २ को सरकारबाट हट्ने निर्णय गर्ने भएको छ । जेठ २५ गतेदेखि सुरु हुने पार्टीको राजनीतिक समितिको बैठकबाट यस्तो निर्णय लिइने पार्टीका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले बताए ।
उनले भने, ‘पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ । त्यसमा यो निर्णय लिइनेछ ।’ आजको कारोबार दैनिकमा खबर छापिएको छ ।