ईटहरीबाट लागुऔषध खरिद बिक्रिमा संलग्न तीन पक्राउ

<span class='c1'>ईटहरीबाट लागुऔषध खरिद बिक्रिमा</span> <span class='c2'>संलग्न तीन पक्राउ</span>

सुनसरी, २४ जेठ ।
सुनसरीको ईटहरीबाट लागुऔषध खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ८ का सुर्यमणी राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागुऔषध खरिद बिक्रि भई रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध बेच्ने चौधरीसहित खरिद गर्ने ईटहरी–१ का भविस राई र कोशी–हरैचा ४ का प्रदिप ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएकोछ । चौधरी राउतको घरमा रहेको पुनम खड्काले संचालन गरेको औषधी पसलमा काम गर्ने कर्मचारी हुन् । चौधरीको कोठाबाट प्रहरीले लुकाई राखेको अवस्थामा १ सय ३४ पिस स्पाजमोल, ट्रेट्रामाटस ५ सय ६९ पिस, ट्रमाटस एसआर १७ पिस र स्पास्मोप्रोक्सिवन क्याप्सुल १४ पिस बरामद भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्