अायल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

<span class='c1'>अायल निगमका कार्यकारी निर्देशक</span> <span class='c2'>गोपाल खड्काद्वारा राजीनामा</span>

काठमाडौं,  २४ जेठ ।  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो ।

उहाँले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो । उहाँको कार्यकाल अझै ६ महिना बाँकी थियो । बिना जिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नु पर्दाको पीडा सैह्य नभएपछि पदबाट राजीनामा दिनु परेको पनि स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्