सिजन गुरूङलाइ पुनः म्याद थप , थप सात दिन अनुसन्धान गर्ने

सिजन गुरूङलाइ पुनः म्याद थप , थप सात दिन अनुसन्धान गर्ने

इटहरी,२४ जेठ ।  व्यक्ति कुटपिट तथा जग्गा विवादमा पक्राउ परेका तरहराका सिजन गुरूङलाइ प्रहरीले पुनः म्याद गरेर अनुसन्धान अघि बढाएकाे छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा तरूण दल सुनसरी सभापतीसमेत रहेका गुरूङलाइ जेठ ११ गते प्रहरीले पक्राउ गरेकाे थियाे । यस अघि उनलाइ दुइ पटक म्याद थपिसकेकाे छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठकाअनुसार अाज सुनसरी जिल्ला अदालतबाट निजलाइ थप सात दिनका लागि अनुसन्धान गर्ने गरि म्याद थप गरिएकाे हाे । डिएसपी श्रेष्ठले उनि माथि लागेकाे अाराेपका बारे विस्तृतमा अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप गरिएकाे जानकारि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्