विराटनगर, २४ जेठ ।
सुनसरीको कोशी गाउँपालिकामा डुबेर एक युवकको ज्यान गएको छ। कोशी गाउँपालिका ३ बस्ने २२ वर्षीय सञ्जय यादवको कोशी गाउँपालिका ५ कोशी कटान क्षेत्रको नहरमा पौडी खेल्नेक्रममा दिउँसो डुबेर ज्यान गएको हो।
बिहिबार दिउँसो साथी भरत पराजुली, विक्की गोश्वानीसँगै पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादवलाई उपचारका लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।