अफगानिस्तान सरकारले तालिबान विद्रोहीसँग युद्धविराम गर्ने

अफगानिस्तान सरकारले तालिबान विद्रोहीसँग युद्धविराम गर्ने

२५ जेठ । अफगानिस्तान सरकारले तालिबान विद्रोहीसँग युद्धविराम गर्ने तर अन्य समूहसँगको लडाइँ जारी राख्ने घोषणा गरेको छ ।
राष्ट्रपति अशरफ गनीले एक साता लामो युद्धविराम इदको पर्वसँग पर्ने गरी गरिएको बताउनु भएको छ । तर तालिबान समूहले भने कुनै प्रतिक्रिया दिइसकेको छैन । गत साता उनीहरूले अफगान अधिकारीहरूसँग गोप्य वार्ता भइरहेको समाचारको पनि खण्डन गरेका थिए । सन् २००१ मा अमेरिका नेतृत्वको फौजले तालिबानलाई सत्ताबाट धपाए यता भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ। विगतमा गरिएका शान्तिवार्ता तथा युद्धविरामका प्रस्तावहरू खासै उपलब्धिपूर्ण भएका थिएनन । सरकारले घोषणा गरेको युद्धविराम अर्को सातादेखि लागू हुने जनाईएको छ । अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्