मोरङ र सुनसरीमा अलपत्र काम पुनः सुरु, कारवाहीको चेतावनीपछि काममा फर्किए ठेकेदार

मोरङ र  सुनसरीमा अलपत्र काम पुनः सुरु, कारवाहीको चेतावनीपछि काममा फर्किए ठेकेदार

मोरङ २५ जेठ। सुनसरी र मोरङ जिल्लामा सञ्चालित विकासे आयोजनाको ठेक्का लिएर विचैमा काम छाडेका निर्माण व्यवसायी काममा फर्किएका छन् । गहृमन्त्रालयले ठेक्का लिने र काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न सुरु गरेलगत्तै निर्माण व्यवसायीहरु काममा फर्किएका हुन् ।

एचएम बिल्डर, देव एण्ड सायरमुनी जेवी, जय बाबा बिटी सिराजदीन निर्माण कम्पनी, एमके निर्माण सेवा, रमन कन्स्ट्रक्सन लगायतले अहिले काम सुरु गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनोज भण्डारीले जानकारी दिए ।

 

सुनसरी र मोरङ जिल्लामा जिल्लामा सञ्चालित दर्जन बढी बिकास निर्माणको काम गर्न सम्झौता गरेको ६ बर्ष वितिसक्दा पनि पूरा भएका छैनन् । ठेकेदारहरुले राजनीतिक रवैया देखाउँदै केही प्रतिशत मात्रै काम गरेर अलपत्र छाडेका थिए ।

गहृमन्त्रीले समयसीमा भित्र काम नसक्ने निर्माण कम्पनीको नाम गृह मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो । त्यससँगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पनि काममा नफर्कने निर्माण व्यवसायीको सूची गृहमन्त्रालयमा पठाएका थिए । साथै सुनसरी, मोरङ प्रशासनले काम नगर्ने ठेकेदारहरुको पहिचान गरी एक साताअघि कार्यालयमा बोलाएर तत्काल ठेक्का लिएको काम सक्न लिखित कागज गराएको थियो ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘विभिन्न कारण र बहाना देखाउँदै काममा अल्झन गर्दै आएका निर्माण व्यवसायी अहिले काममा फर्किएका छन्, पेश्की रकमसमेत तत्काललाई रोकेर अधुरा संरचना सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई भनेका छौं ।’

यदि लिखित कागजात गराउँदा पनि कुनै निर्माण व्यवसायीले आफूले ठेक्का पाएको काम नगरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारवाही गर्ने उनले चेतावनी दिए । (अनलाइन खबर) 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्