महान खेलाडी पेलेले भने “एक खेलाडीको भरमा ब्राजिलले विश्वकप जित्दैन”

महान खेलाडी पेलेले भने “एक खेलाडीको भरमा ब्राजिलले विश्वकप जित्दैन”

एजेन्सी । महान खेलाडी पेलेले ब्राजिलको टिमको विश्वकपमा उपस्थितिबारे चिन्ता व्यक्त गरेका छन् । पेलेले पछिल्लो समय ब्राजिलको फुटबल टोली नेयमारमा अडिएको भन्दै ब्राजिलको विश्वकप दरिलो उपस्थितिप्रति शंका व्यक्त गरेका हुन् ।
१४ जुनदेखि १५ जुलाईसम्म रसियामा हुने विश्वकपमा ब्राजिलसँग राम्रो टिम नभएको पेलेको भनाइ छ । दुई वर्षअघिदेखि टिटेको नेतृत्वमा ब्राजिलले खराब प्रदर्शन गरेको र पछिल्ला मैत्रीपूर्ण खेलमा ब्राजिलको टिममा निकै धेरै फेरबदल भएको पेलेको भनाइ छ ।
विश्वकपको पूर्वसन्ध्यामा पेलेले भनेका छन्, “मलाई टिटेमाथि पूरा भरोसा छ । तर, मेरो चिन्ता छ– विश्वकप शुरु हुन केही दिनमात्र बाँकी हुँदा ब्राजिलसँग राम्रो टिम छैन । व्यक्तिगत रुपमा भन्दा सबै खेलाडी उत्कृष्ट छन् तर, ब्राजिलसँग उत्कृष्ट टिम छैन ।”
केही दिन अगाडि क्रोसियासँग भएको मैत्रीपूर्ण खेलमा ब्राजिल २—० गोलले पराजित गर्दा नेयमारले पनि गोल गरेका थिए । नेयमारले उत्कृष्ट पुनरागमन गरेको भन्दै पेलेले भने, “नेयमार विश्वका सर्वोत्कृष्ट फुटबलरमध्येका एक हुन् र उनीसँग अनुभव पनि छ । रसियामा हुने विश्वकपमा ब्राजिललाई माथिल्लो तहसम्म पुर्याउन सक्ने पनि नेयमार नै हुन् । तर, विश्वकप एक जनाले जिताउन सक्दैनन्, यो पूरा टिमको खेल हो ।”
विश्वकपको समूह ‘ई’ मा रहेको ब्राजिलसँगै यो समूहमा स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बिया रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्