विराटनगरको न्यूरो अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा.रोका सम्मानित

विराटनगरको न्यूरो अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा.रोका सम्मानित

विराटनगर जेठ २५ , विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोका सहित प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र विवेकशिल साझा पाटीका रविन्द्र मिश्र सम्मानित भएका छन् ।

उनीहरु सवैलाई डिभाइन टेनिगं सेन्टर इटहरीले लिथुवेनियाका पत्रकार स्वः रोकास जिल्लिन्स्कासको सम्झनामा स्थापित रोकस जिल्लिन्स्कास अवार्डबाट सम्मानित गरेको हो ।

आज भन्दा ९ वर्ष अगाडी पुर्वाञ्चलमा पहिलो पटक मष्तिस्कको शल्यक्रियाको शुरुवात गरेका डा. रोकाले न्यूरो सर्जरीको लागी विदेश तथा काठमाण्डौ जानु पर्ने वाध्यताको अन्त गरेका थिए । न्यरो सर्जरीमा एमसीएच गरेका डा. रोकाले मस्तिष्क शल्यक्रियाको ९ वर्षे अवधमिा करिव ४ हजार सफल शल्यक्रिया गर्न सफल भएका छन भने उनीसँगै काम सिकेका ६(७ जना चिकित्सकहरु अहिले न्यूरो सर्जन हुने क्रममा छन ।
अवार्ड ग्रहण पछि डा. रोकाले न्यूरो सर्जरीमा अहिले नेपाल सरकारले दिदै आएको एक लाख छुटले बिरामी वर्गमा धेरै राहत भएको र पूर्वाञ्चलमा सवैभन्दा सुलभ मूल्यमा न्यूरो सर्जरी सेवा प्रदान गर्ने आफनो प्रयासमा अहिलेसम्म आफू सफल रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्