नेपाल मै भेटियो नुन खानी , खाराखोलामा नून खानीको सम्भाव्यता

नेपाल मै भेटियो नुन खानी , खाराखोलामा नून खानीको सम्भाव्यता

जाजरकोट, जेठ २५ गते । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ ।

खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताउनुभयो । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडाँैमा परीक्षण गरिएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनमै नून खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नून खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।”

बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने उहाँको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ ।

सिंहका अनुसार बारेकोटमा नून खानीमात्र होइन र फलाम खानीसमेत छ । नून र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको उहाँको भनाइ छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्