विराटनगरका दुई पत्रकार भण्डारी र थापा पुरस्कृत

विराटनगरका दुई पत्रकार भण्डारी र थापा पुरस्कृत

विराटनगर, २५ जेठ ।
विराटनगरका दुईजना पत्रकार पुरस्कृत भएका छन् । पत्रकार विनोद भण्डारी र उमा थापा शुक्रबार पुरस्कृत भएका हुन् । हरिसिंह–उषादेवी दुगड च्यारेटिबल ट्रष्टको वार्षिकोत्सवको अवसरमाहरिसिंह–उषादेवी दुगड पत्रकारिता पुरस्कारबाट भण्डारीलाई ३१ हजार १ सय ११ राशिको पुरस्कार प्रदान गरिएको छ । त्यस्तै हरिसिंह–उषादेवी दुगड महिला पत्रकारिता पुरस्कारबाट पत्रकार उमा थापा पुरस्कृत भएकी छन् । उनलाई ११ हजार १ सय ११ राशिको उक्त पुरस्कार, प्रमाण पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो । दुबै पत्रकारलाई एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कारा तथा सम्मान गरेका हुन ।
यस्तै, हरिसिंह–उषादेवी दुगड छात्रवृत्ति नरग्राम मावि टंकिसिनुवारीको कक्षा ६ मा अध्ययनरत राहुल राजवंशी र सरस्वती शिक्षा सदन बाँसबारीको कक्षा २ मा अध्ययनरत कृष्ण मुडियारीलाई प्रदान गरिएको छ । मुख्यमन्त्री राईले उनीहरुलाई ७÷७ हजार नगद र दोसल्ला ओढाएर छात्रवृत्ति प्रदान गरे । ट्रष्टले स्थानीय मनोज भगतलाई औषधि उपचारका लागि ११ हजार प्रदान गरे ।

यस्तै, मनोविज्ञान विषयमा नेपालको पहिलो विद्यावारिधी गरेकी डा. मिनाक्षी नेपाल र स्वास्थ्य क्षेत्रमा महिलालाई आयुर्वे्दिक पद्धतिबाट निस्शुल्क औषधि उपचार गर्दै आएका चिकित्सक शिबरतन लखौटीयालाई ट्रष्टले सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्