विराटनगरको शिक्षा सदन माविमा भुकम्पले भत्किएको भवन अझै बनेन

विराटनगरको शिक्षा सदन माविमा भुकम्पले भत्किएको भवन अझै बनेन

विराटनगर, २६ जेठ ।
तिन बर्ष अघि आएको बिनाशकारी भुकम्पले क्षती पुर्याएको भवनमा बिद्यार्थीहरु पठन पाठन गर्न बाध्य भएका छन । बिराटनगर मै रहेको शिक्षा सदन माबिमा अध्ययनरत कक्षा २, ६ र ७ क करिब १ सय ३० जना बालबालिका भुकम्पले भत्किएर जीर्ण भएको कक्षा कोठामै पठन पाठन गर्न बाध्य भएका हुन् । २०७२ बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले सो बिद्यालयको २ कोठे भवनको छत भत्किएका कारण त्यहाँ अध्ययनरत बिद्यार्थीहरु जोखिमका बिच पठन पाठन गर्दै आएको प्रधानाध्यापक राजेश प्रसाद यादवले जानकारी दिए । करिब ४० बर्ष पुरानो सो भवन पुर्ण रुपमा क्षती पुगेको भएता पनि कक्षा कोठाको अभावमा भत्किएको भवन मै अध्यापन गराउँदै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्