सिटिजन्स बैङ्कबाट झिकिएको एकलाख गड्डी भित्र एकहजारको १० वटा च्यातिएका नोटहरु फेला

सिटिजन्स बैङ्कबाट झिकिएको एकलाख गड्डी भित्र एकहजारको १० वटा च्यातिएका नोटहरु फेला

काठमाडौँं, जेठ २६ गते । सिटिजन्स बैङ्कको खिचापोखरीस्थित शाखा कार्यालयबाट झिकिएको एकलाख गड्डी भित्र एकहजारको १० वटा च्यातिएका नोटहरु फेला परेका छन् । ती च्यातिएको नोटहरु गड्डीभित्रकै अर्को नोटसँंग सेतो टेपले टाँसेर राखेको अवस्थामा फेला परेका हुन । नगदको गड्डीमा सिटिजन्स बैङ्कको छाप र स्टिकर लगाइएको छ ।
शुक्रवार विहान सात लाख रुपियाँको चेक साट्न बैङ्क पुग्नुभएका न्यूरोडकी ब्यापारी पवित्रा रिमालले बैङ्क मेसिनले समेत गणना गर्दा च्यातिएको नोट सम्वन्धमा चाल नपाएको बताउनुभयो । हातले गन्दा पनि फेला परेन । तर, पछि गड्डीभित्रैका एउटा नोटमा सेतो स्टिकर टाँसेको देखापरेपछि खोतलेर हेर्दा हजार–हजारको सद्दे नोटसंँगै बीच–बीचमा अर्को च्यातिएको नोटको अर्ध कट्टी टाँसेको अवस्थामा फेला परेको थियो ।

सिटिजन्स बैङ्कले भने एनआइसी एसियाबाट सिलछाप सहित बैङ्कमा आएको उक्त नगद ग्राहकलाई दिएको बताएको छ । सिटिजन्स बैङ्क खिचापोखरीका प्रमुख अखिल देवकोटाले आफ्नो बैङ्कबाट त्यस्तो गल्ती नभएको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बैङ्क र ग्राहक दुबैपक्षबाट यस्तो बदमासी भएको हुनसक्ने जनाएको छ । कुनै ग्राहकले हजार दरको एकलाख रुपियाँ नगद जम्मा गर्ने क्रममा गड्डीभित्र यस्तो बदमासी गरेको हुन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्