समयमा काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन, यी निर्माण कम्पनि परे कारवाहीमा

समयमा काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन, यी निर्माण कम्पनि परे कारवाहीमा

काठमाडौँ, जेठ २६ गते । गृह मन्त्रालयले सम्झौताअनुसार विकास निर्माणका कामहरू सम्पन्न नगर्ने निर्माण ब्यवसायीहरूको नाम सर्वजनिक गरेको छ । गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले उपत्यकाभित्र विकास निर्माणको जिम्मेवारी लिएका १०६ वटा निर्माण कम्पनीको नाम सार्वजनिक गरी निर्माण कम्पनीका सञ्चालकहरूलाई पक्राउ गर्न निर्देशन दिनुभयो ।
महानगरीय प्रहरी परिसर टेकुले पनि मन्त्रालयबाट प्राप्त पत्र अनुसार, सरकारसंँगको सम्झौता अनुरुप विकास निर्माणका काम समयमा सम्पन्न नगरी अलपत्र पार्ने र पूरा नगरी फरार हुने निर्माण ब्यवसायीहरूलाई पक्राउको तयारी भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार, त्रिवेणीकन्स्ट्रक्सन कम्पनी, नयाँ युग निर्माण सेवा जोरपाटी, केदार निर्माण सेवा, स्वच्छन्द र छिरिङ्ग जे.भी, गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन, महादेव खिम्ति मिचिको जेभी, रानीवन कन्स्ट्रक्सन, वाइस धारा निर्माण सेवा र जागृत निर्माण सेवा रहेका छन् ।
त्यस्तैं, एडभान्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी, इभांशु–इसा विल्डर्स, वि कन कम्पनी, श्रृषुस्व सत्यम कन्स्ट्रक्सन, ओम महासरस्वती र हेमन्त जेभी, गौरी गणेश निर्माण सेवा, केउरेनी वाराही निर्माण सेवा, एड्भान्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी, लुना निर्माण सेवा र पूर्ण विनायक कन्स्ट्रक्सन छन् ।
वाइस धारा निर्माण सेवा, मल्टीस्टार कन्स्ट्रक्सन, मौलिक कन्स्ट्रक्सन, श्रेष्ठ प्रेरा जेभि, सूर्य जीवन कम्पनी, ओम निलकण्ठेश्वर कम्पनी, रोस्लिन कन्सट्रक्सन प्रालि, कमलजित निर्माण सेवा, दि कन्चनजङगा, गोल्डेनगुड र पिएस, मौलिक कन्सट्रक्सन र जलसुरी देवी निर्माण सेवा लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्