मनसुन पूर्वी नेपाल हुँदै भित्रियो,गत वर्ष भन्दा चार दिनअघि नै मनसुन प्रवेश

मनसुन पूर्वी नेपाल हुँदै भित्रियो,गत वर्ष भन्दा चार दिनअघि नै मनसुन प्रवेश

काठमाडौं, जेठ २६ । यस वर्षको मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरेको छ । गत वर्षको भन्दा यस वर्ष चार दिनअघि नै मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हिजो साँझदेखि पूर्वी क्षेत्रमा प्रवेश गरेको मनसुन पश्चिमतिर सरिरहेको जनाएको हो । गतवर्ष जुन १२ मा मनसुन नेपाल प्रवेश गरेको थियो ।

सामान्यतः नेपालमा जुन १० मा मनसुन प्रवेश गर्ने गरेको भए पनि यस वर्ष केही चाँडै भित्रिएको हो । मौसम भित्रिएपछि केही दिनभित्रै नेपालभर फैलिने छ ।

नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।

यो समयमा करिब ८ सय ५ मिलिमिटर वर्षा हुने गर्दछ । यस वर्ष नेपालमा सरदर नै वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

९०५ देखि ११०५ मिलिमिटरसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने त्यो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा शुरु भएको मनसुन भारतको मध्यभेगसम्म फैलिएकाले त्यसको प्रभाव नेपालमा छिट्टै देखिएको हो ।

केरलामा १ जुनमा मनसुन भित्रिने गरेकोमा यस वर्ष २७ मे मै भित्रिएको थियो । गतवर्ष १२ जुनमा नेपाल प्रवेश गरेको मनसुन १६ अक्टोबरमा बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्