त्रिशुली नदीमा ट्रक खस्यो , दुई जना बेपत्ता

त्रिशुली नदीमा ट्रक खस्यो ,  दुई जना बेपत्ता

धादिङ, जेठ २६ । धादिङको त्रिशुली नदीमा ट्रक खस्दा दुई जना बेपत्ता भएका छन् ।

पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ गाउँपालिकास्थित जोगीमाराको तिक्राङ खानी भन्ने ठाउँबाट ट्रक त्रिशुलीमा खसेको हो ।

भैरहवाबाट काठमाडौंतर्फ सिमेन्ट लिएर आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक सडकबाट करिव पन्ध्र मिटर तल खसेर त्रिशुली नदीमा डुवेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोकका २७ वर्षीय राजन श्रेष्ठ र सह–चालक सोही ठाउँका श्याम बेपत्ता भएका छन् ।

एक जना घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्