जापानी युवराज दम्पत्तिको वैवाहिक रजत महोत्सव 

<span class='c1'>जापानी युवराज दम्पत्तिको</span> <span class='c2'>वैवाहिक रजत महोत्सव </span>

टोकियो ।  जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव  देशभर भव्यताका साथ मनाइएको समाचार छ । जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ ।

युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भएको समाचारमा जनाइएको छ । युवराज नारुहितो हाल ५८ वर्षको हुनुहुन्छ । राज्याधिकार हस्तान्तरणसँगै जापानी राजाले तीन दशक लामो जिम्मेबारीबाट विश्राम लिनुहुने छ । जापानमा अहिले रहेको राज परिवार विश्वकै पुरानो राजपरिवार मानिन्छ ।

युवराज नारुहितोले सन् १९९३ मा कुटनीतिक सेवामा समर्पित एक सम्भ्रान्त परिवारकी छोरी मासाको ओवादासँग विवाह गर्नु भएको थियो । उहाँहरुबाट सन् २००१ मा एक सन्तान छोरीको जन्म भएको थियो ।

युवराज्ञी मासाको अहिले ५४ वर्षकी हुनुहुन्छ । उहाँले आफ्नो वैवाहिक रजत महोत्सवका अवसरमा जनताको खुसीका लागि प्रार्थना गरिरहेको बताउनु भएको छ ।  यदि उहाँले राजगद्दी त्याग्नुभयो भने जापानको करिब दुई शताब्दी लामो राजसंस्थाको इतिहासमा गद्दिनशिन राजाले राजगद्दी छोडेर युवराजलाई सुम्पेको यो पहिलो पटक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्