जब अस्पतालको लकरभित्र पेस्तोल र गोली भेटियो …

<span class='c1'>जब अस्पतालको लकरभित्र पेस्तोल</span> <span class='c2'>र गोली भेटियो …</span>

काठमाडौं जेठ २७ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको लकरभित्र पेस्तोल भेटिएको छ । अस्पतालको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।

आईतबार अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरमा पेस्तोल भेएिपछि काठमाडौं प्रहरी परिसरको टोलीले बरामद र गोली गरेको छ । स्टाफहरुले प्रयोग गर्ने लकर मध्येको एउटा धेरै समयदेखि नखुलेपछि प्रशासनले सूचना जारी गरि आआफ्नो लकरमा नाम लेख्न लगाएको थियो । तर सो लकरमा भने कसैले पनि नाम नलेखेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सो क्रममा उक्त लकर खोल्दा पेस्तोल भेटिएको हो ।

यद्यपि, पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन । लकर ६ \७ बर्षदेखि प्रयोग हुँदै आएकोले कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन । काठमाण्डौँ प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्