कांग्रेसद्वारा जिल्ला सभापतिको भेलामा प्रस्तुत गर्ने एजेण्डाको बिषयमा छलफल

कांग्रेसद्वारा जिल्ला सभापतिको भेलामा प्रस्तुत गर्ने एजेण्डाको बिषयमा छलफल

विराटनगर, २७ जेठ ।
नेपाली कांग्रेस मोरङले आसन्न जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतबार जिल्ला पार्टी कार्यालयमा भएको भेलामा संघीय संसद र प्रदेश सांसदको सहभागिता थियो । कांग्रेसले आगामी असार ५,६,७ गते प्रदेश ३ को राजधानी हेटौंडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्दैछ । सांसदहरूबाट महत्वपूर्ण सुझाव आएको जिल्ला सचिव मोदराज घिमिरेले बताए ।
छलफलमा आएका सुझावलाई सभापतिहरूको राष्ट्रिय भेलामा एजेण्डाका रुपमा प्रस्तुत गरिने मोरङ सभापति डिगबहादुर लिम्बूले जानकारी गराए । “राष्ट्रिय भेलामा मोरङका तर्फबाट प्रस्तुत गरिने विषयहरूमा र समसामयिक राजनीतिक सन्दर्भमा छलफल भयो,” सचिव घिमिरेले भने, “पार्टी सुदृढीकरणका लागि माननीयज्यूहरूबाट अत्यन्तै महत्वपूर्ण सुझाव आएका छन् ।” यसअघि शनिबार पनि मोरङका स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसँग सुझाव संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्