फुटबलको विश्वकप : विश्वकपबारे महत्त्वपूर्ण जानकारी

फुटबलको विश्वकप : विश्वकपबारे  महत्त्वपूर्ण जानकारी

फुटबलको विश्वकप, २०१८ रुसमा १४ जुन(जेठ ३१) गतेबाट शुरु हुँदैछ ।  विश्वकपबारे हामी तपाईलाई महत्त्वपूर्ण जानकारी गराउँदैछौं ।

१. यो फुटबलको २१ औं विश्वकप हो ।

२. पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीचमा भएको थियो ।

३. यस पटक विश्वकपमा कुल ३२ टीम छन् र २०२६ मा कुल ४८ टीमले विश्वकपमा भाग लिने छन् ।

४. आइसल्याण्ड र पनामा पहिलोपटक विश्वकपमा खेल्न जाँदैछन् ।

५. ब्राजिल एकमात्र देश हो जसले सबैवटा विश्वकपमा खेलेको छ र सबैभन्दा धेरै पाँच पटक विश्वकप जितेको छ । यसपटक जितेको खण्डमा उसको छैठौं जीत हुनेछ ।

६. जर्मनी लगातार दुई विश्वकप जित्ने दाउँमा छ । यसअघि ब्राजिलले १९५८ र ६२ मा लगातार विश्वकप जीतेको थियो ।

७. जर्मनी पछिल्लो तीन विश्वकप खेलमा सबैभन्दा धेरै गोल गर्ने देश हो । जर्मनीले सन् २००६ मा १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो ।

८. रुसका ओलेक सालेक एकै विश्वकप खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । ओलेकले १९९४ मा क्यामरुन विरुद्ध पाँच गोल गरेका थिए ।

९. पछिल्लो विश्वकप करिब ३.२ अरब मानिसले हेरेका छन् । यो लगभग विश्वको आधि जनसंख्या हो ।

१०. जति देशले अहिलेसम्म विश्वकप जीतेका छन् ती टिमका कोच त्यही देशका रहेका छन् ।

११. रुस(सोभियत संघ होइन) विश्व कपको कुनै पनि ग्रुप स्टेजमा पुगेको छैन । सयद यसपटक उसले घरेलु मैदानको फाइदा उठाउनेछ ।

१२. २०१८ विश्व कप नाइजेरियाका लागि छैठौं विश्वकप हुनेछ ।

१३. दक्षिण कोरिया १० औं पटक विश्वकप खेल्न गइरहेको छ । यति धेरैपटक कुनै पनि एसियाली देश विश्वकपमा छानिएका छैनन् ।

१४. इरान लगातार दुई विश्वकपको लागि क्वालिफाइ भएको छ ।

१५. आइसल्याण्ड विश्वकपमा छानिएको सवैभन्दा सानो देश हो । उक्त देशको जनसंख्या करिब तीन लाख ३४ हजार छ ।

१६. नेदरल्याण्ड जीत विना धेरै विश्वकप खेल्ने देश हो । तर यसपटक उसले रुसमा विश्वकप खेल्न पाएन ।

१८. १९८६ पछि पहिलोपटक अमेरिका यस पटक विश्वकपमा छानिन सकेन ।

१९. विश्वकप यूरोप र एशिया महादेशमा खेलाइन लागेको यो पहिलोपटक हो ।

२०. पनामाका राष्ट्रपतिले आफ्नो फुटबल टिम विश्वकपमा छानिएपछि ११ अक्टुबरमा राष्ट्रिय विदाको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्