काठमाडौं, २८ जेठ । चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मिनेटरी पुल बनाइदिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।